Logo

२०८३, श्रावण ३०गते


images
images

बंगलादेशमा अनौंठो सानो गाई, जो भयो रातारात हिट

बंगलादेशमा अनौंठो सानो गाई, जो भयो रातारात हिट

images
  • सेतोमसी सहकर्मी
  • बंगलादेशमा अनौंठो सानो गाई, जो भयो रातारात हिट
    images
    images

    एजेन्सी । बंगलादेशमा अनौंठो सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भिड लागेको छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । त्यस्तैगरी उक्त गाईको तौल २८ केजी रहेको छ ।

    images
    images
    images

    २३ वर्षपुगेको गाईको त्यतिको उचाई र तौलले मानिसहरु आश्चार्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दैनिकजसो भीड लाग्ने गरेको गाई फार्म संचालन गर्दै आएका हसन हाउलाडरको भनाइ छ । उनी गाई फार्मका व्यवस्थापक रहेका छन् । उनले आफूले उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि निवेदन समेत दिएको बताएका छन् ।

    images
    images
    images

    अहिले रानी नामको उक्त गाई हेर्न १५ सय मानिस फार्ममा पुगिसकेका छन् । त्यहाँ पुग्ने गरेका हरेक मानिसहरुले यतिको सानो गाई कहिल्यौ नदेखेको भन्दै आश्चार्य मान्ने गरेका बताइएको छ । 

    images
    images
    images

    अन्य गाईहरुको बथानबाट अन्य ठाउँमै राखेर रानीको स्याहास गर्दै आएको व्यवस्थापक हसनले बताएका छन् । रानी नामक उक्त गाईको चाहना पनि अन्य गाईको तुलनामा केही फरक पाइएको उनी बताउछन् ।

    बाहिर हिड्न डुल्न मनपराउने रानीलाई छोटो खुट्टाको कारण लामोबाटो हिड्न समस्या पर्ने गरेको हसनको भनाइ छ । संसारको सानो गाईको रुपमा गिनिज बुकमा भारतको मनिकयामका नामक गाई रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सानो गाई
  • # बंगलादेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।