Logo

२०८३, श्रावण ३०गते


images
images

सुन काण्डको अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्छौँ : प्रदिप पौडेल

सुन काण्डको अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्छौँ : प्रदिप पौडेल

images
  • सुन काण्डको अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्छौँ : प्रदिप पौडेल
    images
    images

    बुटवल । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए काँग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन्  ।

    images
    images
    images

    प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक/एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,’ उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

    images
    images
    images

    नेता पौडेलले काँग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।

    images
    images
    images

    नेता पौडेलले सङ्घीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब सङ्घ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले काँग्रेसमार्फत सङ्घीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदिप पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।