कृष्ण अन्जान, रुरुधाम । नेकपा एमालेका दिँवँगत नेता जीवराज आश्रीतकाे ८० ओैँ जन्मजयन्तीकाे अवसरमा नेकपा एमाले रुरुक्षेत्र वडा न१ कमिटीले भट्कुवा ,रिडी र च्यूरेकमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयाेजना गरेकाे छ ।
पार्टीको वडा कमिटीले आयाेजना गरेका विभित्र कार्यक्रम हरुमा पार्टीका वडा स्तरिय नेता कार्यकर्ता हरुकाे उपस्थिति थियाे ।
रिडीबजारकाे लामाचौतारीक्षेत्रमा पार्टीका तर्फबाट स्वार्गिय आश्रीतकाे पुण्य तिथीकाे अवसरमा सरसफाइ कार्यक्रम सँगै बरपिपलका विरुवा राेप्नुका साथै तस्बिरमा माल्यार्पण गरिएकाे पार्टी सचिव चिरन्जिवि ज्ञवालीले जानकारी दिए ।
यसैगरि भट्कुवामामा पनि पार्टीले वृक्षारोपणकाे कार्यक्रम आयाेजना गर्याे भने रुरुक्षेत्र १ च्यूरेककाे ठुलापाेखरामा रहेकाे देविकाे मन्दिर परिसरमा सरसफाइ कार्यक्रमकाे आयाेजना गरिएकाे र साे अवसरमा स्थानीय विभिन्न पार्टीका कार्यकर्ता ,स्थानीय नेता तथा सर्वसाधारणकाे उपस्थिति रहेकाे थियाे ।
च्यूरेकमा आयाेजित सरसफाइ कार्यक्रमकाे अन्त्यमा नेकपा एमाले रुरुक्षेत्र १ का एमाले सहसचिव घनस्याम ज्ञवालीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
विहिवार नै स्वर्गीय नेता जीवराज आश्रीतका जन्मस्थल चन्द्रकाेट लगाएत गुल्मी जिल्लाका अधिकाँश ठाउँमा आश्रीतकाे ८० ओैँ जन्म जयन्ती मनाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology