Logo

२०८३, श्रावण ३०गते


images
images

रोल्पाबाट दाङका लागि छुटेको बस दुर्घटना, दुईजनाको मृत्यु

रोल्पाबाट दाङका लागि छुटेको बस दुर्घटना, दुईजनाको मृत्यु

images
  • रोल्पाबाट दाङका लागि छुटेको बस दुर्घटना, दुईजनाको मृत्यु
    images
    images

    रूपन्देही । रोल्पाबाट दाङको घोराही आउँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु केही मानवीय क्षति भएको स्थानीयले बताएपनि प्रहरीले पूरा विवरण आइनसकेको बताएको छ ।

    images
    images
    images

    दुर्घटनामा १४ जना घाइते भएका छन् । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना. ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको-७ ऋचि भन्ने ठाउँको घुम्तीमा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बस सडकबाट करिब १०० मिटर तल खसेको जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनाका घाइतेलाई उद्धार गरेर अहिले अस्पताल लग्ने काम भइरहेको छ । उद्धारको कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।