Logo

२०८३, श्रावण ३१गते


images
images

एमालेले गरेको संसद अवरोध संविधानसम्मत छैन : नेम्वाङ

एमालेले गरेको संसद अवरोध संविधानसम्मत छैन : नेम्वाङ

images
  • एमालेले गरेको संसद अवरोध संविधानसम्मत छैन : नेम्वाङ
    images
    images

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्।

    images
    images
    images

    शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्।

    images
    images
    images

     तर पटकपटक भइरहेका संसद अवरोधको औचित्य राजनीतिक तवरले पुष्टि गर्न दलहरूले सक्नुपर्ने उनले बताए।

    images
    images
    images

    ‘नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो,’ उनले भने।

    नेम्वाङले संविधानसम्मत नभएको भनेपनि उनै उपाध्यक्ष रहेको प्रमुख प्रतिपक्षी दल एमालेले  लगातार संसद अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण ‍प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो समयदेखिको कार्यसूची अगाडि बढ्न सकेको छैन।

     सदनमा भइरहेको अवरोधप्रति कुनैपनि हालतमा सकारात्मक हुन नसक्ने  पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठ बताउँछन्।

    ‘सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो । अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने शंका उब्जिएको छ,’ उनले भने। (राससको सहयोगमा)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुवास नेम्वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।