Logo

२०८३, श्रावण ३१गते


images
images

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

images
  • सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
    images
    images

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । 

    images
    images
    images

    सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो । 

    images
    images
    images

    एमालेले  विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको  शवयात्राको रुट पनि तय भएको जनाएको छ । 

    images
    images
    images

    केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ । 

    नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।