काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन ।
मंगलवार दिउँसो एमाले केन्द्रिय कार्यालयको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुले पनि स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । संविधान सभा अध्यक्षको रुपमा उनले नेपालको संविधान निर्माणमा पुराएको योगदानको उच्च प्रशंशा हुने गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology