Logo

२०८३, श्रावण ३१गते


images
images

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारको निर्णय

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारको निर्णय

नेम्वाङको सम्मानमा एक दिन सरकारी बिदा दिने सरकारको निर्णय
images
  • नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारको निर्णय
    images
    images

    काठमाडौं । सरकारले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमाले उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ । 

    images
    images
    images


    मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले उनको सम्मानमा पार्थिव शरीर जलाउने दिन सरकारी बिदा दिने निर्णय गरेको बताए  । उनले सरकारले संविधान सभा अध्यक्ष नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रकट गरेको र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै संविधान निर्माण प्रक्रियामा उनले खेलेको भुमिकाको उच्च सम्मानसहित राष्ट्रिय सम्मान (राजकीय सम्मान) दिने निर्णय भएको बताए । 

    images
    images
    images

    इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गरेका थिए ।

    images
    images
    images

    नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भएका थिए । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनि त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए । प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनि संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए ।

    प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनि सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भएका थिए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत थिए  । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष नेम्वाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।