काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले सर्वोच्च अदालतले सोमबार (आज) गरेको फैसलाको स्वागत गरेका छन ।
प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार फैसला सुनाउँदै सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुन: स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेता भट्टराईले सामाजिक संजालमा स्ट्याटस लेख्दै उक्त फैसलाको स्वागत गरेका हुन् ।
बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तालाई संयम र धैर्यताकासाथ अघि बढ्न उनले आह्वान गरेका छन् ।
उनले अगाडी लेखेका छन "हिजो भएको १० बुँदे सहमतिलाई इमान्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु" भट्टराई एमाले सचिब हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology