कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ मा आज एउटा बोलेरो जिप दुर्घटनाग्रस्त हुँदा स्थानीय सात जना घाइते भएका छन्। पोखरादेखि माछापुच्छ्रे गाउँपालिकाको इदीखोला चल्ने ग ३ च ५८३८ नम्बरको उक्त बलेरो जिप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनाग्रस्त हुँदा माछापुच्छ्रे ७ का नौ जना स्थानीय बासिन्दा घाइते भएका हुन्।
उक्त जिपमा यात्रारत १० जना मध्ये ७ जनाको अवस्था सामान्य रहेपनि दुई जनाको हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उक्त जिप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको वडाध्यक्ष क्षेत्रीले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology