Logo

२०८३, आश्विन १७गते


images
images

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
  • प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    images
    images
    images

    गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वडा नम्बर २ को वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले निःशुल्क दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि गाउँपालिकामा पेश गरेको र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिस्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्टा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने सो रकम रकम भुक्तानी दिएको जनाइको छ । 

    images
    images
    images

    वडाध्यक्ष बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भण्डारी र सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भए बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ । 

    उनीहरूलाई छ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।