राहुलदेव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन। प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायमा सरुवा भएपछि यसअघि बर्दघाट नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई देवदहमा स्वागत गरिएको छ ।
गत साल भदौ महिनादेखि देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत उपसचिव प्रदीप पौडेल एक वर्ष पुरा हुँदा नहुँदै आफै सरुवा मागेर मन्त्रालय गएपछि सोमबार नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदह नगरपालिकाको प्रशासनिक बागडोर समालेका छन् ।
यसै सन्दर्भमा देवदह नगरपालिकाले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नवआगन्तुक सापकोटालाई स्वागत तथा सरुवा भएर जाने पौडेललाई बिदाई गरेको छ ।
एक वर्ष देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका उपसचिव प्रदिप पौडेलले नगरपालिकाको सेवा प्रवाह र प्रशासनिक सुधारमा महत्वपुर्ण काम गर्न आफु सफल भएको बताए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले देवदहमा सुशासन कायम गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै पुर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाइ आभार व्यक्त गरे । नगरप्रमुख खरेलले अधिकृत पौडेललाइ अझ उच्च स्थानको कर्मचारीका रुपमा देख्न चाहना रहेको बताए । सङ्गै एक वर्ष कार्यकाल पूरा गरेर देवदह नगरपालिकाको विकासको गतीलाइ तिब्र पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले प्रमुख प्रशासकीय अधिकृत भनेको जनप्रतिनिधि र कर्मचारी बिचको समन्वयकर्ता रहेको बताउँदै सबैलाइ मिलाएर लान आग्रह गरेकी छन । देवदह नगरपालिकाको प्रशासनिक क्षेत्रमा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले राम्रो गर्ने अभिलाषा रहएको उनको भनाइ छ । उनले देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका पुर्व प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाइ आगामी यात्राका लागि शुभकामना व्यक्त गरीन ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै देवदह नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आफुले आफ्नो तर्फ बाट देवदहलाई समृद्ध बनाउने धेरै काम गरेको र त्यसको प्रतिफल आफू याहाबाट सरुवा भएपछी मात्र देखिने बताए । उनले आफ्नो कार्यकालमा साथ दिएकोमा देवदह नगरपालिकाका समग्र जनप्रतिनिधि, कर्मचारी लगाएत सबैलाइ आभार व्यक्त गरे ।
कार्यक्रममा आफ्नो प्रतिबद्धता जनाउँदै सरुवा भइ आएका वर्तमान प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले आफुले अहिलेसम्म कुनै पनि स्थानिय तहमा गलत काम नगरेको र आगामी दिनमा पनि नगर्ने बताए । उनले देवदह नगरपालिकाको स्तरोन्नतिका लागि आफू नगरपालिकामा कार्यरत रहिन्जेल जुनसुकै ढङ्गले लागि पर्ने बताए ।
कार्यक्रमको सहजीकरण नगरपालिकाका योजना शाखा प्रमुख रमेश गिरी गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology