सुनवल । पश्चिम नवलपरासीको सुनवल -४ स्थिति महाकवि देवकोटा नमुना माविले नेपाल र भारतबीचको एसिया कप प्रतियोगिता हेर्नका लागि विदा दिएको छ ।
विधालयका प्रानाध्यापक खेमलाल शर्माले एक विज्ञप्ति जारि गर्दै एसिया कप क्रिकेट खेल अन्तर्गत भोलि १८ गते दिउँसो ३ बजेबाट हुने नेपाल भारतको एतिहासिक खेल हेर्न क्रिकेट खेल र खेलाडीको समान गर्दै विद्यार्थी तथा शिक्षकका लागि दिउसो २ बजे देखि विदा दिएको जानकारी दिएका छन।
भारत जस्तो शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै विधालयले नेपालले भारतसँग एशिया कपको खेल खेल्न लागेकोले टिमको हौसला बढाउन विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी विदा गरिएको विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology