सुमन महतारा, २१ चैत्र, गुल्मी । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले कर्मचारी अन्यायमा परेको महशुस भइरहेको बताएका छन ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले नयाँ बर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो क्यालेण्डर बिमोचन कार्यक्रम गरेको छ भाेल्दै सभापति श्रेष्ठले ,कर्मचारि दवा र अन्यमा परेकाे र कर्मचारीलाई नेपाली काँग्रेसले उत्साहित गर्न नसकेको श्रेष्ठले बताए ।
नेपाली काँग्रेसले तोकिएको समयमा अधिवेशन गर्न नसकेको भन्दै काँग्रेसप्रति शुभेच्छुक संस्थाको अवस्था पनि त्यस्तै रहेको नेपाली काँग्रेस गुल्मीका सभापति श्रेष्ठले जिकिर गरे ।
शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका पदाधिकारी सहितको सहभागीतामा कार्यक्रम गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले बताए ।
त्यसैगरी, बिशेष अतिथि नेपाल निजामति कर्मचारी युनियन संघका पुर्व केन्द्रीय उपाध्यक्ष जयश्वर पन्थीले नेपाली काँग्रेस सरकारमा नभएकोले असुरक्षा महशुस भएको बताएका छन् । संस्थागत कमजोरीले ब्यक्ति अन्यायमा परेको भन्दै पेशागत रुपमा बोल्न अगाडी सर्नुपरेको पन्थीले धारणा ब्यक्त गरे ।
कार्यक्रममा बिशेष अतिथि नेपाली काँग्रेस गुल्मीका जिल्ला कार्यसमिति सदस्य तथा महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारीले प्रक्रियासँग अगाडी बढेर काम गर्ने कर्मचारी निडर भएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा गुल्मीका बिभिन्न कार्यालयमा काम गर्ने कर्मचारी बढुवा भएकोले उनीहरुलाई बधाई दिनुका साथै सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठले भित्तेपात्रो बिमोचन गरेका थिए । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षता तथा इश्वरी भण्डारीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology