Logo

२०८३, श्रावण ३०गते


images
images

महान्यायाधिवक्ताको शपथ शीतलनिवासमा गर्न राष्ट्रपतिद्वारा अस्वीकार

महान्यायाधिवक्ताको शपथ शीतलनिवासमा गर्न राष्ट्रपतिद्वारा अस्वीकार

images
  • महान्यायाधिवक्ताको शपथ शीतलनिवासमा गर्न राष्ट्रपतिद्वारा अस्वीकार
    images
    images

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारी आफैँले अस्वीकार गरेकी छन्।

    images
    images
    images

    महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ। उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्। 

    images
    images
    images

    राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो। महान्यायाधिवक्ता नियुक्त खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको जानकारी दिए।

    images
    images
    images

    यसअघिका महान्यायधिवक्ताहरुको शपथ राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले गराउने परम्परा छ। यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशले गराएका थिए।महान्यायाधिवक्ताले सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा काम गर्छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।