Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम

पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम

images
  • पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख गरे ।

    images
    images
    images

    “नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह गर्नसक्छ ।”, उनले भने ।

    images
    images
    images

    हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । नेपालको भौगोलिक अवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरि लाभ लिन सकिने धारणा उनको छ।

    images
    images
    images

    गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेमगरले नेपालको अर्थतन्त्रको विकास लागि धेरै सम्भावना भएता पनि नीतिगत तहमा चुकेकाले प्रगति हुन नसकेको उल्लेख गरे । उनका अनुसार नीतिगत तह सबल भए अर्थतन्त्र सुधार गर्न सकिन्छ । कार्यक्रममा प्रो.विन्दुनाथ लोहनी र आइएसएसआरका निर्देशक नरेश श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

    पोखराका व्यवसायिक तथा आर्थिक क्षेत्रका १५० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमलाई नेप्लीज इन्टरपेनर्स फोरम पोखरा च्याप्टरले स्थानीय रुपमा समन्वय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।