Logo

२०८३, श्रावण ३०गते


images
images

व्यवसायीको आन्दोलन : गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प

व्यवसायीको आन्दोलन : गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प

images
  • व्यवसायीको आन्दोलन : गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प
    images
    images

    पोखरा। गण्डकी प्रदेशमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसका कारण गण्डकी प्रदेश भर सार्वजनिक यातायात सेवा ठप्प भएको छ।

    images
    images
    images

    प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

    images
    images
    images

    शुक्रवार बिहानैदेखि  प्रदेशमा सार्बजनिक बस, ट्याक्सी तथा  ढुवानी सेवा ठप्प रहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

    images
    images
    images

    यसअघि यातायात व्यवसायीले सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएका थिए । व्यवसायीले  नियमावली फिर्ता नभएमा जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    गण्डकी सरकारले यहि जेठ १ मा राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न  ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।