काठमाडौँ । काठमाडौंको सुन्धारा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का काठमाडौंभित्र बढी महसुस भएको छ । काठमाडौं आसपासको क्षेत्रमा पनि सामान्य हल्लाएको उनले बताए ।
मंगलबार काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । अन्दाजी बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology