Logo

२०८३, आश्विन १७गते


images
images

संसद् निरन्तर अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक

संसद् निरन्तर अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक

images
  • संसद् निरन्तर अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर रूपमा संसद् अवरुद्ध भयो भने यो व्यवस्था नै कमजोर हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको बताए । 

    images
    images
    images

    सांसद लेखकले भने–‘संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक हो । आफ्ना दृष्टिकोणहरूलाई जनताका सामु लैजानका लागि सदनका मार्फत ध्यानाकर्षण गराउने कुरा जाहेज छ । यो संसदीय अभ्यासमा जायज हुन्छ तर लामो समयसम्म निरन्तर रुपले पटक–पटक यदी सदन अवरोध हुन थाल्यो भने यसले सदनको प्रभावकारितालाई कमजोर गर्छ । संसद्को प्रभावकारिता कमजोर भयो भने सरकारको मात्रै हैन यो व्यवस्था नै कमजोर भयो कि भन्ने सन्देशको सम्प्रेषण हुन्छ । त्यसले यो व्यवस्थाका विरुद्धमा जुन प्रायोजित विचारहरू आइरहेका छन्, जुन भाष्यहरू निर्माण भइरहेका छन्, त्यसले स्वाभाविक रूपमा बल पुग्दछ ।’

    images
    images
    images

    उनले सदनको अवरोध किन हुन्छ, केका लागि भइरहेको छ त्यसबारेमा संवादमा बसेर समाधान गर्न आग्रह गर्दै अर्को संसद् अधिवेशनबाट संसद् अवरोध नहुने वातावरणका लागि आग्रह गरे । 

    images
    images
    images

    संविधान जारी भएको ८ वर्ष बितिसक्दापनि केही महत्त्वपूर्ण कानुन बन्न नसकेको बताउँदै सांसद लेखकले मौलिक हकसँग सम्बन्धित कानुन अझै बन्न नसकेको बताए । 

    सङ्घीयताको कार्यान्वयनको लागि सङ्घीय सरकार र संसद् प्रभावकारी भएर मात्र नहुने बताउँदै प्रदेश सरकार, प्रदेश सभा र स्थानीय तहपनि सबल हुनुपर्नेमा जोड दिए । 

    सङ्घले कानुन निर्माण गर्न नसकेकोले प्रदेश सरकार कमजोर हुन पुगेकोले ती विषयसँग सम्बन्धित कानुनको मस्यौदा बनाएर संसदमा ल्याउन सरकारलाई आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रमेश लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।