जाजरकाेट । मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट जाजरकोटमा एकजना घाइते भएका छन् भने खलंगामा केही घरहरू भत्किएकाे विवरण प्राप्त भएकाे छ। क्षतिकाे बाँकी विवरण आउन बाँकी छ।
जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का देशभर सहसुस गरिएकाे छ। यस्तै भारतीय मिडियाले दिल्लीसम्म महसुस भएको जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology