Logo

२०८३, श्रावण ३०गते


images
images

जाजरकोट भूकम्प

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने

images
  • भूकम्प प्रभावितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने
    images
    images

    लुम्बिनी । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पिडितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ ।  कोष सचिवालयको बैठकले तत्तकाल राहात र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतीप्रती दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने निर्णय भएको काेषाध्यक्ष सिद्धिचरण भट्टराइले जानकारी दिए । 

    images
    images
    images

    कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताए 

    images
    images
    images

    कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।