Logo

२०८३, श्रावण ३०गते


images
images

धादिङमा राती ९ बजेपछि देउसी भैलो बन्द

धादिङमा राती ९ बजेपछि देउसी भैलो बन्द

images
  • धादिङमा राती ९ बजेपछि देउसी भैलो बन्द
    images
    images

    धादिङ । धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो ।

    images
    images
    images

    सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गरेका छन् । उनले जारी गरेको सूचनामा देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य, अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न आग्रह गरिएको छ ।          

    images
    images
    images

    यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको उत्पादन, आयात, संचय, बिक्री वितरण र प्रयोग नगर्न, जुवा, तास, कौडा सट्टेबाजी लगायतका जुवाजन्य नखेल्न र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न सूचनामा भनिएको छ ।

    images
    images
    images

    यस्तै मेला, महोत्सव, प्रदर्शनी आदि स्थानीय प्रशासनको स्वीकृति लिई तोकिएका सर्तहरूको पालना गरेर मात्रै सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री बिक्री वितरण गर्ने, अवैध चोरी निकासी गर्ने, आपूर्तिमा अवरोध पु¥याउने कार्य नगर्न, सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ । सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउसी भैलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।