Logo

२०८३, श्रावण ३०गते


images
images

‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो’- गगन थापा

‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो’- गगन थापा

images
  • ‘व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो’- गगन थापा
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै ध्यानाकार्षण गराएका छन् । 

    images
    images
    images

    हिजोमात्रै प्रधानमन्त्री देउवाले दिल्लीमा उपचार गराईरहेका झलनाथलाई फोन गरेर उपचार खर्च सरकारले व्यहोर्ने भनेर समाचार आएपछि थापाले आज विज्ञप्ती निकालेर यस्तो भनेका हुन् । उनले खनालको उपचारमा समस्या आए आफूहरु देश तथा विदेशमा बस्ने नेपालीहरुले नै पैसा उठाउने पनि विश्वास दिलाएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्–‘सम्माननीय प्रधानमन्त्री ‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।”

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।