काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु फेरि सत्तामा आउने घोषणा गरेका छन् । उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए । बिहीबार पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सिक्सटीजमा अमेरिकी गायक बब डायलानको गीत थियो नि वी श्याल ओभरकम समडे, हामी पनि ओभरकम गर्छौं । वी श्याल ओभरकम नाउ, एण्ड नो बडी क्यान स्टप अस ।’ उनले आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको स्पष्ट पारे ।
उनले भने, ‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्वास जनजनको मनमा बढोस । जे गरेपनि मान्नैपर्छ भनियो भने विश्वास कायम रहन्छ कि रहँदैन, त्यो चिन्ताको विषय हो । संविधान जसले पनि पढ्न जान्दछ । कानून जसले पनि पढ्न जानेको छ । म चाहन्छु अदालतको गरिमा बढोस ।’
त्यस्तै, अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पनि साथै लिएर जाने संकेत गरे । उनले नेपाल पक्षलाई बाटो बिराएका नेताहरुको संज्ञा दिए । र, उनीहरुलाई आममाफी दिने घोषणासमेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology