काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। विहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका हुन्।
उनले भनेका छन्, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड।’
ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरेका छन्। उनले भनेका छन्, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology