Logo

२०८३, श्रावण ३०गते


images
images

क्रसकन्ट्री दौडमा नेपाली सेनाका तामाङ बने च्याम्पियन

क्रसकन्ट्री दौडमा नेपाली सेनाका तामाङ बने च्याम्पियन

images
  • क्रसकन्ट्री दौडमा नेपाली सेनाका तामाङ बने च्याम्पियन
    images
    images

    राजेश पराजुली, पोखरा । स्याङजाको कोल्मामा भएको चौथौं संस्करणको क्रसकन्ट्री दौडमा गोपाल तामाङ च्याम्पियन भएका छन् ।

    images
    images
    images

    २५ किलोमिटर दुरी १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै नेपाली सेनाका तामाङ च्याम्पियन बनेका हुन् ।

    images
    images
    images

    गोरखाका सञ्जय श्रेष्ठले १ घण्टा ३३ मिनेट ४३ सेकेन्डमा दौड पुरा गर्दै उपविजेता भए ।

    images
    images
    images

    हुम्लाका सुशिलकुमार शाहीले १ घण्टा ३४ मिनेट २ सेकेन्डमा निर्धारित दुरी दौडेर तेस्रो स्थान हासिल गरे ।

    विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ५० हजार, ४० हजार, र ३० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल पाएका छन् ।

    कोल्मा बराहचौरदेखि सुरु भएको दौड काउँले, बहाकोट, नाम्चे, काल्खु, राईपुर, ओरष्टे भन्ज्याङ कोल्मा बराहचौरमा पुगेर टुंगिएको थियो ।

    १० किलोमिटर पुरुषतर्फ तनहुँका सनम गुरुङ विजेता भए । पोखराका तेन्जन रोका दोस्रो र मनोज रोका तेस्रो भए ।

    उनीहरु क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलबाट पुरस्कृत भएका छन् ।

    ५ किलोमिटर महिलातर्फ जुम्लाकी राममाया बुढा विजेता हुँदा दाङकी सुस्मिताकुमारी चौधरी दोस्रो र पोखराकी नित् तामाङ तेस्रो भइन् ।उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।