Logo

२०८३, श्रावण ३०गते


images
images

 गण्डकीमा बच्चा जन्माउने दर घट्यो, ६६ प्रतिशत विवाहित महिला रोजगारीमा संलग्न

 गण्डकीमा बच्चा जन्माउने दर घट्यो, ६६ प्रतिशत विवाहित महिला रोजगारीमा संलग्न

images
  •  गण्डकीमा बच्चा जन्माउने दर घट्यो, ६६ प्रतिशत विवाहित महिला रोजगारीमा संलग्न
    images
    images

    पोखरा । गण्डकी प्रदेशमा औसत परिवार सदस्य संख्या कम रहेको देखिएको छ ।

    images
    images
    images

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालको औसत परिवार सदस्य संख्या ३ दशमलव ९ रहेकोमा गण्डकी प्रदेशमा ३ दशमलव ३ मात्र रहेको पाइएको हो । जसका कारण गण्डकी प्रदेशमा १५ वर्ष मुनिको जनसंख्या कम रहेको छ । नेपालमा ३० प्रतिशत जनसंख्या १५ वर्ष मुनिको रहेकोमा गण्डकीमा भने यो संख्या २५ प्रतिशत मात्र रहेको तथ्याकंले देखाउँछ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्यव महाशाखाले पोखरामा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको तथ्याकं अनुसार गण्डकी प्रदेशमा प्रजनन उमेर समुहका महिलाले बच्चा जन्माउने दर अन्य प्रदेशको तुलनामा सबै भन्दा न्युन रहेको देखाएको छ । नेपालको औसत प्रजनन दर २ दशमलव १ रहेकोमा गण्डकीमा त्यो भन्दा कम १ दशमलव ४ रहेको छ । औसत प्रजनन दर सबैभन्दा बढी मधेश प्रदेशमा २ दशमलव ७ रहेको तथ्याकंले देखाउँछ ।

    images
    images
    images

    नेपालमा ३३ प्रतिशत घरपरिवारमा महिला घर मुली रहेकोमा गण्डकी प्रदेशमा महिला घर मुली हुने प्रतिशत ४१ रहेको छ।

    खाद्य सुरक्षाको विषयमा गण्डकी प्रदेशको अवस्था राष्ट्रिय औसत र तुलनात्मकरुपले पनि सबै प्रदेशहरु भन्दा राम्रो देखिन्छ । गण्डकी प्रदेशमा जन्मदर्ता गराउने दर राष्ट्रिय औसत भन्दा केही कम तर औपचारिक शिक्षा लिइरहेका बालबालिकाको दर राष्ट्रिय औसत भन्दा बढी रहेको छ ।

    गण्डकीमा ५ वर्ष मुनिका ६७ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको पाइयो भने औपचारिक शिक्षा लिइरहेका बालबालिकाको दर ९१ प्रतिशत रहेको देखियो ।

    यहाँ राष्ट्रिय औसतभन्दा बढी विवाहित महिला रोजगारीमा सम्लग्न भएका छन् । यो प्रदेशमा ६६ प्रतिशत महिला र ७७ प्रतिशत पुरुष रोजगारीमा सम्लग्न छन् ।

    यस्तै राष्ट्रिय औषतभन्दा पुरुषले कम तर महिलाले बढि सुर्तिजन्यपदार्थको प्रयोग गरेको देखिन्छ । मदिराको सवालमा पुरुष र महिला दुवैले राष्ट्रिय औसतभन्दा बढी प्रयोग गरेको तथ्यांकले देखाउछ ।

    गण्डकीमा ९८ प्रतिशत घरधुरीमा आधारभुत सुविधा सहितको खानेपानी उपलब्धता तथा ७९ प्रतिशत घरधुरीमा आधारभूत सुविधासहितको शौचालय रहेको सर्वेक्षणले मार्फत पाइयो ।

    गण्डकीका ९० प्रतिशत घरधुरीले सुरक्षितरुपमा तोकिएकै ठाँउमा मलमुत्रको व्यवस्थापन गरेको देखिन्छ भने घरको परिसरभित्रै साबुन पानीले हात धुने सुविधा भएका घरधुरी ८५ प्रतिशत रहेका छन्

    गण्डकीमा प्रजनन उमेर समुहका ८५ प्रतिशत पुरुष र महिलाले कुनै पनि प्रकारको स्वास्थ्य विमा नलिएको सर्वेक्षणले देखाउँछ । किशोरी गर्भवती हुने दर राष्ट्रिय औसत भन्दा केही कम रहेको पाइयो।

    यहाँ परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या भने राष्ट्रिय औसत भन्दा कम रहेको छ । यो प्रदेशमा कम्तिमा ४ पटक गर्भवती जाँच गराउने र दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा पाएका महिला राष्ट्रिय औसत भन्दा बढी रहेका छन् ।

    शल्यक्रियाद्धारा बच्चा जन्माउनेदर राष्ट्रिय औसतभन्दा केही बढी रहेको देखिन्छ । कम्तिमा एउटा स्वास्थय समस्या भएका महिला ६२ प्रतिशत रहेका छन् ।स्तन र पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने संख्या राष्ट्रिय औसत भन्दा बढी देखिएपनि सन्तुष्ट हुने अवस्था छैन ।

    गण्डकी प्रदेशमा ६ हप्ताभित्रको नवजात शिशु मृत्यु बाहेक अन्य प्रकारका बाल मृत्युदर राष्ट्रिय औसत भन्दा कम रहेको छ ।
    यो सर्वेक्षणले नेपालीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको देखाएको छ ।

    नेपाली महिलाहरुमा मातृ स्वास्थ्य सेवा लिने प्रवृत्ति बढ्दो क्रममा रहेको छ भने गण्डकीमा मातृ स्वास्थ्य सेवा लिने महिलाहरु ९७ प्रतिशत छन् । प्रदेशमा ख्याउटेपनाको दर अन्य प्रदेशको तुलनामा निकै सुधार भएको देखिन्छ।

    यहाँ पूर्ण स्तनपान घट्दो क्रममा छ ।पाँच वर्ष मुनिको बाल मृत्युदर अझै बढी छ भने नवजात शिशुमृत्युदरलाई घटाउन सकिएको छैन ।

    किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको छ । प्रति १ हजार किशोरीहरुमा ७१ जना किशोरी अवस्थामा गर्भवती हुन्छन् । नेपालमा ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको तथ्याकंले देखायो ।

    १५ वर्ष वा सो भन्दा माथिका १२ प्रतिशत महिलाहरू र १८ प्रतिशत पुरुषहरूमा उच्च रक्तचाप भएको देखिन्छ । यहाँ सडक दुर्घटना समेत बढिरहेको छ ।

    १५ देखि ४९ वर्ष उमेर समुहका १७ प्रतिशत महिला र १८ प्रतिशत पुरुषाले चिन्ताको लक्षणहरु अनुभव गरेको पाइएको छ ।

    हिंसा भोगेका १५ देखि ४९ वर्ष उमेर समुहका १७ प्रतिशत महिलाहरूले आफ्नो जीवनमा कुनै न कुनै बेला शारीरिक हिंसा र ८ प्रतिशतले कुनै न कुनै बेला यौन हिंसा भोगेको पाइएको छ ।

    आफ्नो श्रीमान् वा साथीद्धारा शारिरीक वा यौन भावनात्मक हिंसा भोगेका महिलाहरू गण्डकी प्रदेशमा १९ प्रतिशत रहेको सर्वेक्षणले देखाउँछ । यस्तै यौन हिंसा भोगेका ५ प्रतिशत शारिरीक हिंसाभोगेका १५ प्रतिशत र भावनात्मक हिंसा भोगेका ९ प्रतिशत रहेका छन् ।

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेश सार्वजनिक कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा प्रदेशमा यस अगाडि सम्पन्न गरिसकेको छ । अब कोशी र सुदुरपश्चिममा यो कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।