Logo

२०८३, श्रावण ३१गते


images
images

भुकम्प पिडितलाई नेशनल लघुवित्तको झन्डै ५० लाख आर्थिक सहयोग

भुकम्प पिडितलाई नेशनल लघुवित्तको झन्डै ५० लाख आर्थिक सहयोग

images
  • भुकम्प पिडितलाई नेशनल लघुवित्तको झन्डै ५० लाख आर्थिक  सहयोग
    images
    images

    सुर्खेत । कर्णाली प्रदेशको जाजरकोट केन्दु‌विन्दु भई कात्तिक १७ मा गएको विनासकारी भुकम्पबाट प्रभावितहरूको लागि नेशनल लघुवित्त वित्तीय संस्थाले झन्डै ५० लाख आर्थिक सहयोग गरेको छ । संस्थाले भुकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिका, सल्यान र आठबिसकोट नगरपालिका रूकुम पश्चिमको स्थानीय निकायको विपद व्यवस्थापन कोषमा ४-४ लाख  रूपैयाँ र भुकम्प पिडित आफ्ना ग्राहकहरूलाई ४० लाख ७४ हजार नगद राहत उपलब्ध गराएको संस्थाका सूर्खेत कार्यालय अनुगमन अधिकृत विनोद पाण्डेले जानकारी दिए ।  

    images
    images
    images

    संस्थाका  प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पुष १४ गते दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी र पुष १५ गते आाठविसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीलाई भेटेर राहत रकम हस्तान्तरण गरेका हुन् ।  

    images
    images
    images

    साथै संस्थाले भुकम्पबाट प्रभावित १ हजार २९७ जना आफ्ना ग्राहक सदस्यहरूलाई ४० लाख ७४ हजार रूपैयाँ राहत वितरण गरेको छ । संस्थाले भुकम्प प्रभावित  बाघचौर शाखा अन्तरगतका सदस्यहरूको लागि २१ लाख ५४ हजार,  आठबिसकोट शाखाका सदस्यहरूको लागि ११ लाख ६४ हजार र शेरिगाउँ शाखाका सदस्यहरूको लागि ७ लाख ५६  हजार  राहत उपलब्ध गराएको अधिकृत पाण्डेले जानकारी दिए । 

    images
    images
    images

    हाल २०६ वटा शाखा कार्यालय मार्फत ७४  जिल्लाका २ लाख ५० हजार घरधुरीमा वित्तीय सेवा प्रवाह गर्दै आएको नेशनल लघुवित्तले १८ अर्ब कर्जा र ५ अर्ब बचत परिचालन गर्दै आएको संस्थाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।