रमेश बहादुर सिंह, बझाङ । बझाङमा भुकम्पको धक्का महशुस गरिएको छ । आज सोमबार बिहान ११ : ३७ बजे बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन बिद लोकमणि अघिकारीले बताएका छन् । उक्त असोज १६ कै भुकम्पको पराकम्पन रहेको उहाँको भनाइ रहेको छ ।
पटक-पटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भुकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत सुदुरपश्चिमका जिल्लाहरुमा गत असोज १६ गते गएको भुकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।भने जाजरकोट र पश्चिम रुकुममा कातिक १७गते को भुकम्पमा परि धेरै जना मानिसहरुले ज्यान गुमाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology