देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ ले जाजरकोट र रुकुममा भुकम्पबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप पचास हजार पठाउने भएको छ ।
बिपत्तिको घडीमा सबैले सहयोग गर्नुपर्ने बताउँदै वडाको तर्फबाट पचास हजार रुपैयाँ निर्णय भइ पठाउने तयारी भएको देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन जिसिले बताए ।
नेपाल सरकारको एकद्वार प्रणाली मार्फतनै वडाको विविध खर्च शिर्षक अन्तर्गत रहेर सो राहत पठाउन लागिएको उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology