भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट एक महिनाको तलब, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षती पु¥याएको थियो ।
सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन्। उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology