Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कविता : रिम्ना

कविता : रिम्ना

images
  • सेतोमसी सहकर्मी
  • कविता : रिम्ना
    images
    images

    हिमालको काखमा रहेको कन्चन मैदान शेफोक्सुन्डोबाट जीवनरेखा बनेर ठुलो भेरि  
    चिसो चिसो आत्मा लिएर अविरल बग्दैछ
    मानव जीवनका लागि औधी उपहार दिदै हजारौं वर्ष प्राणिजगतलाइ पालेको छ, सिंचेको छ
    ठूलो भेरिले काखमा सम्मो मैदान, खेतहरु, खेलमैदान, हाटबजार लाग्ने समथर भुमी बनाइदिएको छ
    लाखौ प्राणी रमाइरहेका छन 

    images
    images
    images

    यति सुन्दर सेरोफेरोमा कलिली रिम्ना छन् 
    दिउसैदेखी उनको मन डराइ राखेको थियो
    चिसो बडिरहेको थियो
    रिम्ना आमा र बुवाको काखमा निदाइ रहेकी थिइन
    अकस्मात प्रकृतिले मध्यरातमा काध फेर्यो
    रिम्नाको दुधिला दात भाचिने गरि बज्र खस्यो
    रिम्नचिच्याइन आमा....आमा... बोल्दैन कोहि
    अनि बाबा....बाबा बोल्दैनन बाबा
    केही समय अघि काखमा टासिएकी आमालाई खोज्छिन दुबै हात चल्न नसक्ने गरि थिचिएको छ
    सास फेर्न असजिलो हुन्छ
    मुखभरी माटो हुन्छ । 
     खोरमा रहेको सानो पाठी तेस्तै गरेर कराउछ
    गोठमा रहेको माली गाइको बाच्छी तेस्तै गराउछ
    रिम्नाको टाउकोबाट रगत बग्न थाल्छ
    चिसो बड्न थाल्छ
    रिम्ना ले चेत पाउन छोडिन
    जिन्दगी दबिइरह्यो। 
        
    अर्को दिन रिम्नाले आफुलाइ अपरिचित ब्याक्तिहरुले घेरेको पाउछिन
    सेता कमिज लगाएका मान्छेहरू छन् 
    छिमेकी काकिले कपडा मिलाइ दिन्छिन
    रिम्नालाई सपना जस्तो लाग्छ
    मनमा अनेक कुरा भएपनि व्यक्त गर्न जान्दिनन
    अबोध बालापनको मनोबिज्ञानले आमा बाबा बोलाउदा नबोलेको सम्झिन्छिन
    दिउस काखमा राखेर खेलेको सानो पाठी कराएको सम्झन्छिन
    घाँस खाइ रहेको मालिगाइको  बाच्छी सम्झन्छिन ।

    images
    images
    images

    आमा दुखो ! आमा दुखो !! 
    चीत्कार मनले गरिरहेको छ
    खुटा तन्किएको छ 
    हातमा बोक्न नसक्ने भारी बेरिएको छ 
    थाहै नपाइ झरेको पिसाबले तल्लो हर चिसो भएको छ
    घर, बाबा, आमा लगायत खोर र गोठ सम्झनामा मात्र सिमित रह्यो ।

    images
    images
    images

    समय बित्दै गयो सानो घरबाट पर नचिने ठाउमा रिम्नालाइ सारियो
    ३ जनाले उचालेर लगे
    त्यहा त पल्लो घरको आफ्नै साथी छेपारे पनि तेहि थियो
    हेर्छिन अबोधअश्रु टिल्पिलाउछन, अजै पनि आमा आउदिनन 
    उनलाई भोलिपल्ट फेरि भेरिको किनारामा लगिन्छ 
    सयौ कात्रोले बेरिएका लासहरु देख्छिन
    काकिले तिनी मध्ये तिम्रा बाबा आमा पनि त्यहि छन, सुनाउछिन
    अबोध मनस्थितिले के पत्तो पाउनुर !

    सामुहिक लास जल्दै थिए
    कोहि छाती पिटि रुदै थिए
    बोल्ने र बोल्दिने कोहि थिएनन
    काकिले केही समयपछी रिम्नालाइ उनैको घर नजिक हुदै लैजान्छिन
    रिम्नाको घरमा टाउकोमा पहेलो टोपी लगाएका मान्छेहरुले सफा गरिरहेको देख्छिन
    त्यो घरमा नत आमा देखिछिन नत बाबा, न पाठिको खोर नत बाच्छिको गोठ
    सबै बेल्चा चलाएका थिए
    रिम्ना त्यही झर्न चाहान्छिन तर उनलाई गाडिमा राखेर हुईक्याइन्छ
    अबोध बालापन अव्यक्त छ
    आँसु झर्छ
    बाटो फेरिन्छ
    माया हराउछ
    रिम्ना एक्लो हुन्छिन
    काकी देखिन्नन ।
       
    यसरी मध्यरातको प्राकृतिक विनासमा रिम्नाले आफ्नो सबै गुमाइन
    अझै पनि रिम्ना अस्पताल शैयामा छट्पटीरहेकी छ्न
    सिघ्र स्वास्थ्यलाभको कामना रिम्ना ।। 

    - जगन्नाथ अधिकारी, देवदह 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # रिम्ना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।