देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अभिभावक अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले राखिएको उक्त कार्यक्रममा कक्षा शिक्षकहरु तुलसी रेश्मी, रश्सा के.सी. र पुजा थापाले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई अभिभावकहरुले पनि समय ब्यावस्थापन गरी उनीहरुको जिज्ञासालाई महत्व दिनुपर्नेमा जोड दिए ।
विद्यालयका ७० बढी अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीकोे सञ्चालनमा सम्पन्न भयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology