देवदह । देवदह-७ शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा शिक्षक-अभिभावक अन्तरक्रिया सम्पन्न भएको छ। बुधबार विद्यालयको कक्षा प्ले गुप र नर्सरीमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरुविच अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको हो ।
विद्यार्थीको सिकाइ प्रकृयामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा शिक्षकहरु तारा पुन, गोमा काफ्ले, निर्माला राना र अनिता डम्वरपालले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सृजनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्नेमा जोड दिएमा थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सह–प्राचार्य प्रदिप अधिकारीले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधिद्धारा अध्ययन गराउनुपर्नेमा बताए ।
विद्यालयका १०० बढि अभिभावकहरु उपस्थित उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रा.वि संयोजक अमृता कंडेलको सहजिकरण रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology