Logo

२०८३, श्रावण ३१गते


images
images

नेपाल मगर संघ, देवदहले मनायो माघे संक्रान्ति

नेपाल मगर संघ, देवदहले मनायो माघे संक्रान्ति

images
  • नेपाल मगर संघ, देवदहले मनायो माघे संक्रान्ति
    images
    images

    देवदह । मगर तथा थारू समुदायले मनाउँदै आएका माघे सक्रान्ति पर्व देवदहमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

    images
    images
    images

    नेपाल मगर संघ देवदह नगर समितिको आयोजनामा सोमबार देवदह ५ को पानबारी खेलमैदानमा 
    शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो । 

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर वीरकट्टा मगरले परापुर्वकाल देखि यो पर्वमा पितृपूजा गरी चेलीबेटीलाई बोलाएर विभिन्न परिकार बनाएर खुवाउनुका साथै दक्षिणा दिएर विदाई गरिने चलन रहेको र त्यसैलाई निरन्तरता दिदै आएको बताए । उनले यस दिनले सम्पूर्ण देशवासीलाई शुख, सान्ति र समृद्धी मिल्नुका साथै सवै सामुदाय वीचमा सहिष्णुता रहने शक्ती मिल्ने समेत बताए ।

    images
    images
    images

    नेपाल बहुभाषिक, बहुधर्म र बहुजातीय मूलुक भएकोले सबै मिलेर धर्म संस्कृति र रितिरिवाजको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । 

    कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापा, नेपाल मगर संघ केन्द्रिय अनुशासन समितिका सदस्य जस बहादुर पुन, आदिवासी जनजाति महासंघ देवदह नगर समितिका अध्यक्ष मिना श्रेष्ठ, पूर्व वरिष्ठ सल्लाहकार पदम बहादुर थापा, सल्लाहकार यम राना मगर, मगर संघ रुपन्देही जिल्ला सदस्य शोभा कुमारी थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    त्यस्तै देवदह मगर संघको अक्षय कोषको स्थापना लागि कोरिया बाट ३९ हजार नगद सहयोग प्राप्त भएको छ । रोजगारीको सिलसिलामा कोरिया रहेका देवदह ७ शितलनगरका अनिल लामिछानेले नगद ५ हजार, 
    देवदह ५ प्रगतिबजार बस्ने पुर्णराज घर्ति मगर, देवदह २ देविस्थानका रवि आलेमगर, देवदह ५ कोलुवाका भरत सारु मगर, देवदह ५ दुर्गा मन्दिर बस्ने सन्तोष राना मगर र देवदह ५ प्रगतिबजार बस्ने नरमाया सारुले नगद ५-५ हजार, देवदह ४ भवानीपुर बस्ने मिलन राना मगरले २ हजार, देवदह २ का प्रेम सिंजालिले ३ हजार र देवदह ७ निवासी सन्देश राना मगरले नगद ४ हजार गरि जम्मा ३९ हजार सहयोग प्रदान गरेका हुन् । 

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किसन बहादुर थापाको स्वागत र सचीव मिलन माश्की रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल मगर संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।