Logo

२०८३, श्रावण ३०गते


images
images

मगर समुदायका विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान

मगर समुदायका विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान

images
  • मगर समुदायका विद्यार्थीलाई अभिमुखिकरण तथा सम्मान
    images
    images

    देवदह । नेपाल मगर संघ देवदहले एसईई उत्तीर्ण मगर समुदायका विद्यार्थीहरूलाई सम्मान गरेको छ । आइतबार आयोजित कार्यक्रममा करिब १ सय विद्यार्थीलाई सम्मान तथा अभिमुखीकरण गरिएको संघले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन समारोहमा वक्ताहरूले शिक्षाविना कुनै पनि समाजको विकास सम्भव नहुने भन्दै शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले मगर समाजभित्र रहेका भाषा, संस्कार र संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताए । विद्यार्थी जीवनले नै भविष्यको दिशा तय गर्ने भएकाले सफलता प्राप्त गर्न मेहनती, लगनशील र अनुशासित हुन उनीहरूले आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे, देवदह नगरपालिका–२ का वडाध्यक्ष दलबहादुर राकासकोटी, संघका पूर्व अध्यक्ष मनबहादुर रानालगायतले आ–आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images

    अभिमुखीकरण सत्रमा संघका केन्द्रीय लेखा सदस्य जसबहादुर पुनले मगर भेषभूषा, संस्कार, संस्कृति तथा पहिचान, संघका पूर्व केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टाले मगर समुदायको इतिहास तथा नेपाल मगर संघको स्थापना, सञ्चारकर्मी यम रानाले मगर समुदायको राजनीतिक सहभागिता र उद्यमशीलता तथा विनोद थापाले मगर समुदायमा शिक्षाको महत्व विषयमा सहजीकरण गरेका थिए ।

    कार्यक्रम संघका नगर अध्यक्ष किसनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मिलन मास्की रानाको स्वागत तथा सचिव चोलीमाया रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल मगर संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।