थापाले भने, 'जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन्', 'यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन। सरकार यो संसदसँग डराउनुपर्छ। संसद सरकारसँग डराउने होइन। सरकारलाई संसदले खबरदारी गरिरहनुपर्छ।'
अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको पनि परीक्षणको समय रहेको उनले बताए। 'अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुख पनि हुँदैछ', उनले भने, 'सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ। सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस्।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology