Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ प्रविधि, डुओडेनोस्कोपी सुरू

लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ प्रविधि, डुओडेनोस्कोपी सुरू

images
  • लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ प्रविधि, डुओडेनोस्कोपी सुरू
    images
    images

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । 

    images
    images
    images

    यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई डुरबिनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले जानकारी दिए । 

    images
    images
    images

    अस्पालका डा. मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा. थापासहित डा. रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब (एन्डोस्कोप) वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ । 

    images
    images
    images

    पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने डा. भुसाल बताउँछन् । यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उनले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गरे । यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा. थापाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।