काठमाडौ । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले एभरेष्ट प्रिमिय लिग (इपिएल)मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् ।
आगामी असोज ९ देखि २३ सम्म टियु मैदान किर्तिपुरमा हुने चौथो संस्करणको इपिएलमा काठमाडौले सन्दीपललाइ सोमबार कप्तानमा नियुक्त गर्दै सार्वजनिक गरेको हो । गत फागुनमा भएको काठमाडौं मेयर कपमा सन्दीपले काठमाडौं मेयर-११ को कप्तानी गरेका थिए । यो संगै सन्दीपको फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी हुनेछ ।
यसअघिका कप्तान सोमपाल कामीलाई काठमाडौले चितवन टाइगर्सलाई बेचेपछि उक्त पद खाली हुँदै आएको थियो ।
काठमाडौंले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदीलाई पहिलै अनुबन्ध गरीसकेको छ ।
काठमाडौंमा किंग्स–११ बाट सन्दीप लामिछानेको कप्तानीमा दीपेन्द्र सिंह ऐरी, शाहिद अफ्रिदी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी खेल्नेछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology