काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोलीको सामना गर्दैछ । खेल दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौ स्थानमा उक्लिने छ । सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो ।
जारी लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । आजको खेल नेपालको लागि थप चुनौतीपूर्ण रहेको छ । आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology