Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप छनोटमा नेपालविरुद्ध बहराइनको फराकिलो जित

विश्वकप छनोटमा नेपालविरुद्ध बहराइनको फराकिलो जित

images
  • सेतोमसी सहकर्मी
  • विश्वकप छनोटमा नेपालविरुद्ध बहराइनको फराकिलो जित
    images
    images

    काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । गएराति बहराइनको बहराइन राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो । 

    images
    images
    images

    बहराइनको  टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

    images
    images
    images

    यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।

    images
    images
    images

    विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।