Logo

२०८३, श्रावण ३०गते


images
images

वर्षे धानको मूल्य गण्डकी प्रदेशमा सबैभन्दा धेरै मधेस प्रदेशमा सबैभन्दा सस्तो

वर्षे धानको मूल्य गण्डकी प्रदेशमा सबैभन्दा धेरै मधेस प्रदेशमा सबैभन्दा सस्तो

images
  • सेतोमसी सहकर्मी
  • वर्षे धानको मूल्य गण्डकी प्रदेशमा सबैभन्दा धेरै मधेस प्रदेशमा सबैभन्दा सस्तो
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । नेपालमा प्रमुख खाद्यान्न बालीका रुपमा उत्पादन गरिने धानको मूल्य गण्डकी प्रदेशमा सबैभन्दा धेरै रहेको पाइएको छ । 

    images
    images
    images

    तर धानको उत्पादन भने सबैभन्दा धेरै मधेश प्रदेशमा हुने गरेको छ। राष्ट्रिय कृषि गणना २०७८ सामुदायिक प्रतिवेदनअनुसार, नेपालमा वर्षे धानको औसत मूल्य ३ हजार १११ रुपैंया रहेकोमा गण्डकी प्रदेशमा वर्षे धान सबैभन्दा महँगो र मधेस प्रदेशमा सबैभन्दा सस्तो रहेको छ ।

    images
    images
    images

    गण्डकी प्रदेशमा वर्षे धानको औसत मूल्य प्रति क्विन्टल ३ हजार ८६५ रूपैयँ रहेको छ भने मधेस प्रदेशमा २५ सय रूपैयाँमै एक क्विन्टल धान किन्न पाइन्छ ।

    images
    images
    images

    प्रदेशगत रुपमा तुलना गर्दा वर्षे धानको औसत मूल्य कोशी प्रदेशमा ३ हजार २९१, बागमती प्रदेशमा ३ हजार ५०५, लुम्बिनी प्रदेशमा २ हजार ८९५, कर्णाली प्रदेशमा ३ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८११ रुपैंया प्रति क्विन्टल रहेको प्रतिवेदनमा उल्लेख छ।

    धानको राष्ट्रिय स्तरको उत्पादकत्व ३४.१ क्विन्टल प्रति हेक्टर रहेको छ। सबैभन्दा धेरै धान उत्पादन मधेस प्रदेश र कम उत्पादन कर्णालीमा हुने गरेको छ । मधेसको उत्पादकत्व ३७.३ क्विन्टल प्रति हेक्टर र कर्णाली प्रदेशको ३०.७ क्विन्टल प्रति हेक्टर रहेको छ ।देशभरका ४ हजार १७३ वडामा प्रमुख खाद्यान्न बालीको रुपमा धानको उत्पादन हुने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।