Logo

२०८३, श्रावण ३०गते


images
images

सन्दीपको मुद्दामा आज पनि पेसी, उच्च अदालतमा पनि धकेलिँदै मुद्दा

सन्दीपको मुद्दामा आज पनि पेसी, उच्च अदालतमा पनि धकेलिँदै मुद्दा

images
  • सेतोमसी सहकर्मी
  • सन्दीपको मुद्दामा आज पनि पेसी, उच्च अदालतमा पनि धकेलिँदै मुद्दा
    फाइल फोटो
    images
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतमा आइतबार पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतले बलत्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतमा सन्दीपको यो चौंथो पटकको पेसी हो।

    images
    images
    images

    लामिछानेलाई गत वर्षको १३ पुसमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालतमा पुगेका थिए।

    images
    images
    images

    त्यस्तै, १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेका थिए। २३ चैतमा उच्च अदालतमा पहिलो पेसी रहेको थियो, जहाँ न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई जानकारी गराउन आदेश दिएको थियो।

    images
    images
    images

    त्यसपछि पुन: ३ वैशाखमा अर्को पेसी तोकियो जहाँ न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो।

    अदालतको माग बमोजिम प्रमाणहरू बुझाएपछि गत १० वैशाखमा उच्च अदालतमा तेस्रो पेसी तोकिएको भएपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।