Logo

२०८३, श्रावण ३०गते


images
images

साइबर अपराध: नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराध: नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • साइबर अपराध: नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ
    images
    images

    काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे ।

    images
    images
    images

    वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्यूरोबाट छिपेन । शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन केसी र बागलुङका २० वर्षीय सुवास कंडेल समेत साइबर ब्यूरोको निगरानीमा परे, र समातिए ।

    images
    images
    images

    यी त केही उदाहरणहरु मात्रै हुन् । अहिले बन्द कोठाभित्र लुकेर इन्टरनेटको अनाधिकृत प्रयोग गर्ने र अपराध गर्नेहरू ठान्छन्, कि घरमा बसेर गरेको अपराध त प्रहरीलाई थाहै हुदैन । तर नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता अपराधीहरुलाई समेत निगरानीमा पार्ने र अनुसन्धानको दायरामा ल्याउने गरेको छ ।

    images
    images
    images

    लुकिछिपि प्रविधिको प्रयोग गरेर अपराध गर्ने धेरैजसो अभियुक्तलाई साइबर ब्यूरोले कानूनको दायरामा ल्याइसकेको छ । तर पछिल्लो समय लुकीछिपी अपराध गर्नेहरु प्रहरीको फन्दामा मात्रै परेका छैनन्, यस्तो अपराधको ग्राफ पनि रातारात दोब्बरले बढिरहेको छ ।

    ब्यूरोको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा मात्रै १५ हजार ६ वटा उजुरी परेका छन् । तीमध्ये मुद्दा चलेका ७३ जनालाई ब्यूरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाईबुझाई सहमतिमा ल्याउने गरेको छ ।

    प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न साइबर ब्यूरा सक्रिय रहेको दाबी गर्छन् ।
    उनका अनुसार यी ९ महिनामा दर्ता भएका उजुरीमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक र म्यासेन्जरको दुरूपयोगका उजुरी सबैभन्दा धेरै छन् । यो अवधिमा फेसबुक र म्यासेन्जरमार्फत् दुरुपयोगका १२ हजार २९६ वटा उजुरी परेका साइबर ब्यूरोले जनाएको छ ।

    भाइबरका १८ वटा, इमोका ९ वटा, युट्यूवका ५१ वटा, ह्याट्सएपका ७ सय २४ वटा, ट्वीटरका १० वटा, इन्स्ट्राग्रामका ६ सय ८६ वटा, वेभसाइट ह्याकिङका १० वटा, टिकटकका ६ सय ७८ वटा, इमेलका ९३ वटा, इसेवाका २ सय ६६ वटा र वित्तिय संस्थातर्फ १ सय ६५ वटा रहेका छन् ।

    आर्थिक वर्ष २०७९/०८० मा ९ हजार १३ वटा र आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६८६ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए । प्राप्त निवेदनमध्ये चालु आर्थिक वर्षमा ७४ वटा, आर्थिक वर्ष २०७९/०८० मा १ सय २७ र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ३२ वटा मुद्दा दर्ता भएका थिए ।

    प्रविधिको दुरूपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताए ।

    सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई हुने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले २०७५ जेठ २७ गते साइबर ब्यूरो स्थापना गरेको थियो । साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थाले साइबर अपराध सम्बन्धी निवेदन दर्ताको चाप बढ्दोक्रममा रहेको बताए ।

    ‘विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालहरूमा राख्ने जस्ता अपराध हुने गरेको पाइन्छ । अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने अपराधीहरू पनि सक्रिय छन्,’ उनले भने, ‘अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाईल पेज खोलेर बेइज्जत गर्ने तथा दुस्ख हैरानी दिने घटना पनि देखा परेका छन् ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साइबर अपराध
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।