Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीमा १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता

कास्कीमा १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता

images
  • कास्कीमा १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता
    images
    images

    राजेश पराजुली, पाेखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराध तथा ठगी कसुरमा ३ सय ८९ वटा मुुद्धा दर्ता भएका छन् ।  कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गत १ वर्षमा साइबर अपराध अन्तर्गत ३ सय ८९ मुद्धा दर्ता भएका हुन् ।

    images
    images
    images

    सो तथ्याङ्क अनुुसार ठगीनेमा पुुरुष भन्दा महिलाको संख्या बढी छ । उक्त मुद्धा अन्र्तगत  २ सय १० जना महिला र १ सय ७९ जना पुरुषले उजुरी दिएको बताए । 

    images
    images
    images

    २५ देखि ३५ उमेर समूहका व्यक्तिहरु बढी ठगीमा

    images
    images
    images

     ‘भिक्टिमहरु प्राय २५ देखि ३५ वर्ष उमेर समुहको छ । टिनयजर्स पनि भिक्टिम छन्,  त्यसैले साइबर अपराधको बारेमा बुझ्न र जान्न आवश्यक छ ।’

    पछिल्लो समय प्रविधिको विकाससँगै विभिन्न व्यक्तिहरु ठगीमा पर्न थालेका छन् । कास्की प्रहरीले जारी गरेको तथ्याङ्क अनुसार सामाजिक सञ्जालमध्ये सबैभन्दा बढी प्रयोग हुुने फेसबुक हो । कास्की प्रहरीका अनुसार ८४ प्रतिशत नेपालीहरु फेसबुक प्रयोग गर्दै आएका छन्  ।

    गत वर्ष कास्की प्रहरीमा दर्ता भएका ३ सय ८९ मुद्धा मध्ये नक्कली फेसबुक अकाउण्ट (फेक) बनाएर ठगी गर्नेहरुको संख्या ९६ रहेको तिवारीले जानकारी दिए ।

    उनका अनुसार विभिन्न व्यक्तिहरुको (हाइ तथा लो प्राफाइल भएका व्यक्तिहरुको) फेसबुक अकाउण्ट ह्याक गरेर ठगी गर्नेको संख्या १ सय २६ रहेको छ । 

    ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमा विभिन्न अवसरमा चिठ्ठा तथा उपहार परेको भन्दै ठगी गर्ने १ सय २९ जना विरुद्ध ठगी मुुद्धा दर्ता भएको थियो ।  भने नग्न तस्बिरको प्रयोग गरेर व्ल्याकमेल तथा स्क्याण्डल गर्ने र विभिन्न व्यक्तिलाई गाली बेइज्जत गर्ने सम्बन्धी ३८ वटा मुुद्धा दर्ता भएको थियो । 

    ठगिन्छन् १५ देखि ५५ उमेर समूह  

    उमेर समूहको आधारमा १५ वर्षदेखि ५५ उमेर समूहका नागरिकहरु विभिन्न माध्यमबाट ठगीमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्कले देखाएको छ । 
     

    उमेरसमुुहको आधारमा कास्की प्रहरीमा दर्ता भएका मुद्धा अन्तर्गत १५ उमेर समूहका ८ वटा, १५ देखि २५ उमेर समूहका १ सय ३० वटा, २५ देखि ३५ उमेर समूहका १ सय ४०, ३५ देखि ४५ उमेर समूहका ८५ वटा , ४५ देखि ५५ उमेर समूहका २७  र ५५ भन्दामाथि उमेर समूहका विरुद्ध ५ वटा मुुद्धा दर्ता भएको डिएसपी तिवारीले जानकारी दिए । 

    उमेर समूहको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार गरेको तथ्याङ्कको आधारमा ठगीमा पर्ने समूहमा महिलाको संख्या बढी रहेको पाइएको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ६ आपराधिक क्रियाकलापलाई आफ्नो मिसन बनाएको छ । 

    शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कर्तव्यसँगै कास्की प्रहरीले लागुऔषध ओसारपोसार, साइबर अपराध, बैँकिङ कसुुर, सवारी दुुर्घटना, आत्महत्या र महिला तथा बालबालिका विरुद्धका अपराधलाई मिसन बनाएको कास्की प्रहरी प्रवक्ता तिवारीले बताए । ‘शान्ति सुव्यवस्था र अमनचयन गर्ने हाम्रो नियमित कर्तव्य नै हो, उनले भने, ‘त्योसँगै मिसनका रुपमा पहिलो प्राथमिकतामा ६ वटा क्षेत्र तय गरेका छौं । हाम्रो एक्सन सिक्स मिसनमा केन्द्रीत रहेको छ । ’
    उनले यी ६ क्षेत्रलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरेको बताउदै सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

    जिल्ला प्रहरी कार्यालय कास्कीले अपराधिक गतिविधिलाई नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी अन्र्तगत कास्कीको विभिन्न विद्यालय तथा समुदायमा सचेतनामुलुुक कार्यक्रम समेत सञ्चालन गर्दे आएको छ ।  

    पछिल्लो समय साइबर अपराध बारे सचेतनामुलक कार्यक्रममा व्यस्त रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले समाजिक सञ्जालमा व्यक्तिगत जानकारी (प्राइभेट डेटा) सार्वजनिक नगर्न आग्रह गरेका छन् । निजी विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्दा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सघाउ पुग्ने भन्दै सार्वजनिक गर्न नहुने स्पष्ट पारे ।

     प्रविधिको विकाससँगै मौलाएको अपराध

    ‘साइबर अपराध जटिल समस्या बनेको छ । तर नागरिक भने सचेत हुनैपर्छ, ‘अपरिचित व्यक्तिले तपाइको आधिकारिक कागजपत्र, फोटो वा कुनै सोसल साइटको ओटिपी (वान टाइम पासवर्ड) माग्छ भने डबल भेरिफिकेसन गर्नुपर्छ ।’
     नागरिकहरु प्रलोभनमा परेर ठगीमा पर्ने गरेको ‘ठगी गर्ने गिरोहका लागि विभिन्न सामाजिक सञ्जालहरु छन् । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर, इमो आदि । यस्ता एपको प्रयोग गर्दै ठगी गिरोहहरु, ‘कहिले २५ लाखको छिठ्ठा पर्याे भन्छन्, कसैले गिफ्ट पठाउने बहाना बनाउछन्, , ‘त्यस्तो प्रलोभनमा परेर व्यक्तिगत जानकारी दिइहाल्नु हुदैन । टु वे भेरिफिकेसन गर्नुपर्छ । ’डिएसपी तिवारीले सबै एपमा एउटै पासवर्ड प्रयोग गर्न नहुने बताए ।

     ‘नेपालीहरु बिर्सिन्छ भनेर प्राय सबै एपमा एउटै पासवर्ड प्रयोग गरेको पाइन्छ । त्यो एकदमै गलत हो, उनले भने, ‘यतीमात्र नभएर सोसल साइटमा प्राइभेट डेटा राखेको पाइन्छ त्यस्तो सबै पब्लिक गर्नुहुदैन । सुरक्षाको दृष्टिकोणबाट हेर्दा आपराधिक क्रियाकलाप गर्नेलाई सहज हुन्छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की
  • # साइबर अपराध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।