Logo

२०८३, श्रावण ३०गते


images
images

३३८ सिसी क्यामेराको निगरानीमा कास्की

३३८ सिसी क्यामेराको निगरानीमा कास्की

images
  • ३३८ सिसी क्यामेराको निगरानीमा कास्की
    images
    images

    राजेश  पराजुली, पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा रहेको कास्कीमा ३३८ सिसी क्यामेरा जडान छन् । अन्तर्राष्ट्रिय सहरका रुपमा विकास हुँदै गरेको पर्यटकीय नगरी पोखरा र अरु पालिकालाई सुरक्षीत रहेको सन्देश दिन र भरपर्दो सुरक्षा प्रदान गर्न सिसी क्यामरा जडानलाई तिव्रता दिइएकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार सिसी क्यामेरा बाट प्रदेश प्रहरी कार्यालय गण्डकी, जिल्ला प्रहरी कार्यालय कास्की र विभिन्न वडा प्रहरी कार्यालय मार्फत निगरानी भइरहेकोे छ । अपराध अनुसन्धान र नियन्त्रणमा सिसी क्यामेरा उपयोगी भएको उनले जानकारी दिए । प्रवक्ता विकका अनुसार प्रदेश राजधानीमा हुनसक्ने हरेक प्रकारका घटना न्युनिकरण, सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापन सहज बनाउन पनि सिसी क्यामेरा जडान सहयोगी बनेको छ ।

    images
    images
    images

    पोखराका प्रशासनिक क्षेत्र, सहरका मुख्यमुख्य चोक, ट्राफिक चाप बढि रहेका स्थान र आपराधजन्य क्रियाकलाप हुने स्थलहरुलाई ट्राफिक निगरानीमा राखिएको प्रवक्ता विकले जानकारी दिए । ‘हामी प्रशासनिक क्षेत्र, मुख्य चोक, ट्राफिक जाम हुने स्थल र अपराध जन्य घटना धेरै हुने स्थान निगरानीमा राखेका छौं, उनले भने, ‘विस्तारै समग्रमै प्रविधिको निगरानीमा राख्ने योजनामा छौं ।’

    images
    images
    images

    अघिल्लो आर्थिक वर्षमा ७६ स्थानमा सिसी क्यमेरा जडान
    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७६ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । पोखराको लेकसाईड, सभागृह चोक, चिप्लेढुंगा लगायतको स्थानमा अहिले सिसी टिभीको माध्यमबाट निगरानी गर्न सक्ने गरी संरचना निर्माण भएको डीएसपी विक बताउँछन् । ति स्थानमा स्थानमा ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रण गर्न सहज भएको उनले सुनाए । ७६ स्थानमा प्रत्यक्ष प्रहरीको निगरानी रहेपनि सर्वाजनिक स्थानलाई कैदगर्ने गरी विभिन्न संघसंस्था, व्यापारिक प्रतिष्ठानले यो अबधिमा १८१ स्थानमो सिसी क्यामेरा जडान गरेका छन् । ति क्यामेरा मार्फत पनि प्रहरीले आवश्यकता अनुरुप अनुसन्धानका लागि सहयोग लिनेगरेको छ 

    निरन्तर सञ्चालनमा चुनौती, १७९ सिसी क्यमेराले काम गर्दैनन् सिसी क्यामेरा जडान भएर यसमार्फत निगरानी गर्न सक्दा यहाँको ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षामा निगरानी एवं अपराध नियन्त्रणमा सहयोग पुगेपनि जडान गरिएका धेरै सिसी क्यामेरा काम नगर्ने अवस्थामा छन् । यसको सञ्चालनमा निकै चुनौती देखिएको छ । पालिका र दाताहरुले सिसी क्यामेरा जोडिदिने तर त्यसको नियमित मर्मत नहुँदा समस्या रहेको प्रहरी प्रवक्ता विकले सुनाए । उनका अनुसार अहिले कास्कीमा ३३८ स्थानमा सिसी क्यामेरा जडान भएको भएपनि १७९ क्यामेरा काम नगर्ने अवस्थामा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।