राजेश पराजुली, पोखरा । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षीको नाम सिफारिस गर्दा पार्टीभित्रै प्रतिष्पर्धीका रुपमा परिचित पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीले प्रदेशमा चासो देखाएका छन्। गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङ प्रदेशमा मात्रै सिफारिस भएका छन् भने अधिकारी प्रदेश र संघ दुबैतिर सिफारिसमा परेका छन्।
यी दुबै नेताविचको प्रतिपर्धाले कास्कीको स्थानीय तहको निर्वाचनमा समेत प्रभाव परेको थियो। स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षको नेतालाई उम्मेदवार बनाउने होडमा एमाले बलियो रहेको पोखरा महानगरपालिकाको नेतृत्व गुमेको थियो। अहिले प्रदेश र संघका लागि आकांक्षीको सूची बनाउँदा पनि दृष्य बदलिएको छैन।
एमाले प्रदेशस्तरीय भेलाले कास्कीका तीन वटा सङ्घीय र ६ वटा प्रदेशसभा सदस्यका लागि आकाङ्क्षीहरूको नाम टुंग्याएको छ।
एमालेका केन्द्रीय उपमहासचिव पृथ्बीसुब्वा गुरुङ र सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले आ-आफ्नै समुह चलाउँदै आएको कास्कीमा दुवै पक्षका आकाङ्क्षीको सिफारिस गर्दा सूची निकै लामो बनेको छ।
यसअघि गण्डकीको मुख्यमन्त्री बनेका गुरुङ गृह जिल्ला लमजुङबाट प्रदेशमा सिफारिस भएका छन्। अधिकारी कास्कीबाट प्रदेश र सङ्घ दुवैबाट सिफारिस भएका छन्।
कास्की निर्वाचन क्षेत्र नम्बर १मा अधिकारीसहित १५ जनाको उम्मेदवार मनोनयन गरेर जिल्ला कमिटीमा सिफारिस गरेको हो।
प्रतिनिधिसभा सदस्यमा अधिकारीसहित मनबहादुर गुरुङ, दिलीप न्यौपाने, झलक सुवेदी, पुष्पराज अधिकारी, पुष्प ज्योति ढुङ्गाना, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शङ्कर पौडेल, रामराज अधिकारी, बैनबहादुर अधिकारी क्षेत्री, कालिदास सुवेदी, बालासिंह काउसा मगर, उमा सिंहको नाम सिफारिस भएको छ।
कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई, केशव आचार्य, प्रभा कोइराला, र हिरा गिरीको नाम सिफारिस भएको छ।
कास्की क्षेत्र नम्बर ३ बाट पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मासहित ९ जनाको नाम जिल्ला कमिटीमा सिफारिस भएको क्षेत्रीय संयोजक कर्ण गुरुङले बताए। उनका अनुसार सिफारिस हुनेमा जगत विश्वकर्मा, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, देवी प्रसाद सुवेदी, गणेशमान गुरुङ,सुरेन्द्रमान सिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी, र भरत पराजुली छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology