Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीमा मिटरब्याजीविरुद्ध २१ पीडितको उजुरी

कास्कीमा मिटरब्याजीविरुद्ध २१ पीडितको उजुरी

images
  • कास्कीमा मिटरब्याजीविरुद्ध २१ पीडितको उजुरी
    प्रतीकात्मक तस्वीर
    images
    images

    राजेश पराजुली , पाेखरा । मिटरब्याजी आरोपितविरुद्ध कास्कीमा २१ जना विरुद्ध पीडितले उजुरी दिएका छन् । 
    जिल्ला प्रशासन कार्यालय कास्कीले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा २१ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
    सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका २१ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए । 
    सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन आग्रह गरेपनि मिटरब्याजी विरुद्ध आगामी दिनमासमेत उजुरी दिन सकिने प्रशासकीय अधिकृत रेग्मीले स्पष्ट पारे ।
    जिल्ला प्रशासन कार्यालय कास्कीका सुुचना अधिकारी शिवप्रसाद रिजालले आउनुपर्ने उजुरी अझै आउन नसकेको बताए । 

    images
    images
    images

    ‘जिल्लामा जुन किसिमको उजुरी आउनुुपर्ने हो त्यो आएन, सुनगाभा न्यूजसँग सुचना अधिकारी रिजालले भने, ‘पीडितहरु उजुरी दिन अलमल परे कि खै के भो । कि सुचना उनीहरुमाझ पुग्न नसकेर हो वा  अलमलमा परेर हो उजुरी कम आएको छ ।’

    images
    images
    images

     कतिपयले रिसिइवीका कारण आफै चेक बाउन्स गरेर पनि प्रशासनमा उजुरी दर्ता गरेका छन्, उनले भने, ‘जति पनि उजरी दर्ता भएका छन् । उनीहरुलाई राखेर हामीले छानबिन गछौँ ।’

    images
    images
    images

     जिल्लामा उजुरी दर्ता भएका मिटरब्याजी आरोपीहरुको बारेमा  प्रशासकीय अधिकृतले नाम खुलाउन भने चाहेनन् । मिटरब्याजी पिडितहरुलाई उजुरी दिन प्रशासनले साउन २८ गते सुचना प्रकाशन गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।