Logo

२०८३, श्रावण ३०गते


images
images

जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया

images
  • जि .स .स .कास्कीको लिजा र फ्रा सम्बन्धि अन्तरक्रिया
    images
    images

    काठमाडौं । जिल्ला समन्वय समिति  कास्कीको  आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।

    images
    images
    images

    सो अन्तरक्रीया कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख  लिलाधर पौडेलले उद्घाटन गरेका थिए।

    images
    images
    images

    प्रमुख पौडेलले  लिजा र फ्रा ले पालिकाहरूको कार्यसम्पादनको  स्तरवृद्धिमा समेत सहयोग पुर्याउने उल्लेख गर्दै बिगतको बर्षको मुल्यांकनस्तरलाई केन्द्रमा राखेर दुर्बल पक्षलाई न्यूनीकरण गर्दै सबलता तर्फ उन्मुख हुन आग्रह गरे ।

    images
    images
    images

    सरोकारवाला सबै पक्षहरूले इमानदारीपूर्बक काम गरेमा स्वत: कमजोरीहरू हटाउन सकिने उल्लेख गरे ।

    शासकिय क्षमता अभिबृद्धीको मुल लक्ष्य मार्फत समृद्धि प्राप्त हुने हुदा सुसासनका लागि बित्तिय सुशासन महत्त्वपूर्ण पाटो भएको उल्लेख गरेका थिए।

    जनप्रतिनिधि ,राष्टसेवक ,कर्मचारी  र सबै सरोकारवालाहरूले  समन्वयात्मक तबरले काम गरे मात्रै हामीले  चाहेको बिकास र समृद्धिको सपना सार्थक हुने उनको कथन थियो।

    कार्यक्रममा   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा)को मुल्यांकन बिधि र स्थानीय तहहरूले गर्नु पर्ने कार्यहरूको सम्बन्धमा तथा बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा)  सम्बन्धमा कोष तथा लेखा नियन्त्रक केशवराज ढकालले सहजीकरण गरेका थिए।

    उक्त कार्यक्रममा कास्कीका पाँच पालिकाका अध्यक्ष र कार्यकारी अधिकृत सहित सरोकारवाला जनप्रतिनिधि तथा कर्मचारीहरूको  उपस्थिति  रहेको थियो। 

    कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के. सि.  , जिल्ला समन्वय समिति सदस्य बालिका सुवेदी ,जिल्ला समन्वय अधिकारी नबराज  बराल  सहितले मन्तव्य व्यक्त भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।