Logo

२०८३, श्रावण ३१गते


images
images

देवदहमा स्काउटको आधारभूत तालिम शुरु

देवदहमा स्काउटको आधारभूत तालिम शुरु

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा स्काउटको आधारभूत तालिम शुरु
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा स्काउटको आधारभूत तालिम सुरु भएको छ। मङ्गलबारदेखि देवदह २ स्थित भबिष्य निर्माण माध्यमिक विद्यालयमा संचालन भएको तालिममा देवदहका सामुदायिक तथा निजि विद्यालयका २० जना शिक्षिकाहरु सहभागी रहेका छन् ।

    images
    images
    images

    तालिम उद्घाटन समारोहका प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटीले विद्यार्थीहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन स्काउटको तालिम लगायत गतिविधि संचालन गर्न आवश्यक रहेको बताए । शिक्षिकाहरुले तालिममा हासिल गरेको ज्ञानलाई विद्यालयमा बालबालिकाको क्षमता विकासमा लगाउन र स्काउटको गतिविधीलाई निरन्तरता दिन अध्यक्ष राकस्कोटीले आग्रह गरे ।

    images
    images
    images

    स्थानिय स्काउट समिति देवदह नगरपालिकाका प्रमुख आयुक्त विकास गहतराजले स्काउटको तालिम अरु तालिम जस्तो सामान्य नभएको र विशुद्ध सामाजिक कार्यको लागि संचालित तालिम भएको बताए। स्काउटीङको माध्यमबाट विपदमा सहयोग, उद्दार र सामाजिक सेवामूलक सङ्गै र जनचेतनामुलक कार्यक्रम संचालन गर्न सकिने हुँदा तालिममा सिकेका ज्ञान सीपलाई विद्यालयमा बालबालिकाको व्यवहार र आनिबानिमा सकारात्मक परिवर्तनमा लगाउन आग्रह गरे।

    images
    images
    images

    कोर्ष लिडर रुविना छुस्यावागले ( ४१५ पिटिसि ब्याच) तालिमको विषयमा प्रकाश पार्दै स्काउटको इतिहास, यसले गर्ने काम,सामाजिक परोपकारका काम, प्राथमिक उपचार, विपदमा गरिने काम, पद यात्राका फाइदा, क्याम्प फायरको महत्त्व, डोरी गाठो लगायतका जीवन उपयोगी सिप सिकाइने बताए ।

    आवासिय रुपमा ५ रात ६ दिन सम्म चल्ने तालिमको महिला कोर्ष लिडर रुविना छुस्यावाग, काउन्सिलर आशा रानी श्रीस, आशा श्रेष्ठ, मिना थापा र विक्कि डुम्रे लगायतले सहजीकरण गर्ने आयुक्त विकास गहतराजले बताए ।

    तालिमको उद्घाटन समारोह आयुक्त विकास गहतराजको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको स्वागत र काउन्सिलर आशा रानी श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।